• ४ पुस २०८१, बिहिबार

संविधान दिवस : बाँके कारागारबाट २३ जना कैदी छुटे

blog

जिल्ला कारागार बाँकेको कार्यालय। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज ३ गते। संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्। 

जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो।

जिल्ला कारागार बाँकेमा रहेका १६ जना पुरुष कैदी र जयन्दू वालसुधार गृहमा रहेका सात जना नाबालक गरेर बाँके जिल्लाबाट कूल २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिनुभयो।

कैद मिनाहा भएका कैदीहरु चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उहाँले बताउनुभयो।

जिल्ला कारागार बाँकेमा तीन सय ५० जना कैदी अट्ने क्षमता भए पनि हाल नौ सय ४६ जना कैदी रहेको जेलर शाहले बताउनुभयो। शाहका अनुसार कारागार बाँकेबाट १६ जना कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० जना कैदी कारागारमा छन्।