• ११ असोज २०८१, शुक्रबार

प्राचीन तिलौराकोट दरबार क्षेत्रभित्र सरसफाइ

blog

प्राचीन तिलौराकोटमा सरसफाइ गर्दै नेपाली सेना । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, असोज ४ गते । गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ । सो दरबार क्षेत्रको सरसफाइ सेनाको अगुवाइमा सुरु भएको हो । झारपातले दरबार क्षेत्र कुरुप बन्दै गएपछि त्यहाँ सरसफाइ गर्न लागेको हो । 

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित गरिएको स्थल भएकोले यसलाई प्रस्तुत योग्य बनाउन सरसफाइ गर्न लागेको लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो । सरसफाइ कार्य नेपाली सेना शम्शेर दल गण गोरुसिंगेको अगुवाइमा सुरु भएको उहाँले बताउनुभयो । 

पुरातत्विक स्थलहरुमा नेपाली सेनाले विगतदेखि नै सरसफाइ लगायतको कार्य गर्न लागेको कोषका कार्यकारिणी सदस्य गोपीकृष्ण शर्माले बताउनुभयो । सरसफाइ कार्यमा  नेपाली सेनाका ३५ जनाको टोलीबाट सुरु गरिएको उहाँको भनाइ छ । 

दरबार क्षेत्रलाई विगतका वर्षदेखि सबै झाडीहरुलाई हटाएर सुन्दर पार्कको रुपमा सफा गर्न लागेको उहाँले बताउनुभयो ।