• १२ साउन २०८१, शनिबार

नेपालगञ्जका विद्यालयमा बिहीबार सार्वजनिक बिदा

blog

गजेन्द्र गुरुङ
खजुरा, असोज १० गते । 
नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोरखबहादुर थापाद्वारा जारी सूचनामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर अल्लाह अलैवसल्लामको १४४५औँ जन्म जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीले नेपालसहित विश्वभर उल्लासका साथ मनाउन गइरहेका हुँदा नेपालगञ्ज क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

जारी सूचनामा नेपालगञ्ज क्षेत्रका सबै धार्मिक विद्यालय (मदरसा, गुरुकुल), सामुदायिक विद्यालयहरू तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम अनुसार सञ्चालित कक्षा १२ को परीक्षा भने सञ्चालन नै हुने सूचनामा जानकारी गराइएको छ ।