• २६ वैशाख २०८२, शुक्रबार

व्यापारिक क्षेत्रमा चाडपर्वलक्षित बजार अनुगमन

blog

कपिलवस्तुको राजमार्ग क्षेत्रमा बजार अनुगमन गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, असोज १२ गते । चाडपर्वको सिजन सुरु भएसँगै कपिलवस्तुको मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको छ ।

अनुगमन टोलीले पालिकासँग सहकार्यगरी होटल तथा रेष्टुरेन्ट, किराना पसल, खाद्य उद्योग, हाटवजार, दुघ डेरी, माछा तथा मासु पसलको अनुगमन गरेको छ । होटलमा खानाको गुणस्तर, तेलको अवस्थालगायतका विषयमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले बताउनुभयो । 

अनुगमनका क्रममा पाउरोटी उद्योग, आइसक्रिम उद्योग, मासु पसल, एग्रोभेटलाई कारबाही गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नासु. बाबुराम शर्माले बताउनुभयो । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य पदार्थ बेच्ने, मूल्यसूची टाँस नगर्ने, इजाजत नलिइ व्यवसाय गर्नेलाई कारबाहीको दायरामा ल्याएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद खनालले बताउनुभयो ।