महोत्तरी २ (ख) मा स्वतन्त्रका साह विजयी
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी हुनुभएको छ।
सुनसरी १ को (क)मा एमालेका रमेश बस्नेत विजयी
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट नेकपा (एमाले) रमेश बस्नेत विजयी हुनुभएको छ ।
कैलाली २ मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ ।
डा. शेखर कोइराला फराकिलो अन्तरले विजयी
डा. शेखर कोइरालाको संसदीय यात्रा सुरु भएको छ। चिकित्सा पेसाबाट राजनीतिमा आउनुभएका कोइराला कांग्रेसभित्र प्रभावशाली नेतामध्ये एक हुनुहुन्छ।
कालीकोटमा म्यादीको बिदाइ
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाइ गरिएको छ।
महोत्तरी २ (क) बाट लोकतान्त्रिक समाजवादीका राइन विजयी
रवीन्द्र उप्रेतीबर्दिबास, मङ्सिर ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइन विजयी हुनुभएको छ । ११ हजार ४२४ मत ल्याएर राइन पाँच हजार १७३ मतान्तरले विजयी हुनुभएको हो ।उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार २५१ मत ल्याउनुभएको छ ।
युवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको बताउनुभएको छ ।
मोरङ १ (क) मा एमालेका गौतम विजयी
प्रदेश सभा सदस्य अन्तर्गत मोरङ १ (क) मा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतम विजयी हुनुभएको छ । मोरङ १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार गौतम १३ हजार ५३१ मत प्राप्त गरी विजयी हुनु भएको हो । ५८ वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट भित्र पर्नुहुन्छ ।
बाजुरामा भोलि मतदान हुने, दोलखा र स्याङ्जा घटनाको अनुसन्धान हुँदै
मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
५१ क्षेत्रको मत परिणाम आउन बाँकी
प्रतिनिधि सभाका तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
रुकुम पश्चिमबाट अर्थमन्त्री शर्मा चौथो पटक विजयी
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।
रुपन्देही २ (ख) मा एमाले नेता श्रेष्ठ निर्वाचित
रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले) का भोजप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ। उहाँले १६ हजार ३ सय मत प्राप्त गरी विजयी हुनुभएको हो ।
फराकिलो मतान्तरले कांग्रेस उपसभापति खड्का विजयी
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ। उहाँ ११ हजार ६१९ मतान्तरले खड्का विजयी हुनुभएको हो।
पूर्वी नवलपरासी २ मा कांग्रेसका विष्णुकुमार कार्की विजयी
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ।
सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण जिसी निर्वाचित
सुर्खेत क्षेत्र नम्बर १ को (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कृष्ण जिसी निर्वाचित हुनुभएको छ । उहाँले एमालेका डण्डीप्रसाद शर्मालाई चार हजार १९६ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो।
खोटाङबाट माओवादी केन्द्रका रामकुमार राई विजयी
खोटाङ, मङ्सिर ८ गते । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । नेकपा (एमाले) का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । खोटाङमा खसेको ६७ हजार तीन सय ७३ मतमध्ये राईले ३१ हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ।
काभ्रे २ प्रदेशसभा (क) मा समाजवादीका लक्ष्मण लम्साल विजयी
काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल विजयी हुनुभएको छ।
रौतहट २ को प्रदेशसभा (क) मा एमालेका आलम विजयी
रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट नेकपा (एमाले)का मोहम्मद जैद आलम विजयी हुनुभएको छ। आलमले १३ हजार ५३२ मत ल्याउनुभएको छ।
गुल्मी-१ मा भण्डारी र ज्ञवालीको कडा प्रतिस्पर्धा
गुल्मी क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका भण्डारीले सुरुवाती अग्रता लिनुभएको थियो । अहिले एमालेका ज्ञवालीले ४९३ मतसहित विजयी हुनुभएको छ ।
सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्नुभएको हो ।
सत्ताको मोलमोलाइ अब सुरु हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणामले मुलुकमा स्थिरता कायम नहुने र सत्ताको लागि मोलमोलाइ सुरु हुने बताउनुभएको छ । निर्वाचन परिणामको ट्रेन्डले मुलुकमा राजनीतिक स्थिरता हुने संकेत नदेखिएको उहाँको भनाइ छ ।
खलंगामा गठबन्धनका उम्मेदवारको धन्यवाद सभा
सल्यानमा प्रदेश तथा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
झापाको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।
रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी
रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ ।