धनकुटा प्रदेशसभामा एमालेका राई र पराजुली विजयी
धनकुटाको प्रदेशसभामा नेकपा (एमाले) विजयी भएको छ। प्रदेशसभा (क) र (ख) मा एमाले विजयी भएको हो।
गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो
गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ ।
धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।
दुर्लभ थापाको विजय जुलुस
भक्तपुर– २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ। थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयो ।
डोल्पा प्रदेश (क)मा नेकपा एमालेका उम्मेदवार बुढा विजयी
डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा भारी मतले प्रदेश सभासदस्यमा निर्वाचित हनुभएको छ ।
बैतडीमा माओवादीका कुँवरको अग्रता
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) ले अग्रता लिनुभएको छ ।
बाँके-१ मा एमालेको अग्रता
बाँके क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्दा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले अग्रतालाई फराकिलो पार्दै गएका छन् ।
दाङ क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका न्यौपाने विजयी
दाङ क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्डविक्रम न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरीराज केसीलाई सात सय २४ मत अन्तरले पराजित गर्दे विजयी हुनुभएको हो ।
गुल्मीमा भण्डारीको अग्रता कायमै
प्रतिनिधि सभाको गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै छ ।
मतगणना नसकिँदै कमल थापाद्वारा हार स्वीकार
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतगणना जारी हुँदा हार स्वीकार गर्नुभएको छ ।
उपत्यकामा माओवादी केन्द्र शून्य
प्रतिनिधि सभा निर्वाचनमा उपत्यकाभित्र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शून्य भएको छ । प्रतिनिधि सभातर्फ काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये माओवादीबाट गठबन्धनका साझा उम्मेदवार चार जना थिए ।
प्रतिनिधि सभातर्फ ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १४ स्थानमा जित निकालेको गरेको छ ।
बैतडी प्रदेशसभा (ख) मा कांग्रेसका शिवराज भट्ट विजयी
बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी हुनुभएको छ।
सर्लाही १ (क) मा लोसपाका उपेन्द्र महतो विजयी
सर्लाहीको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उपेन्द्र महतो निर्वाचित हुनुभएको छ।
कञ्चनपुरमा-३ मा कांग्रेसका रमेश लेखक विजयी
कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ। लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो। लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो।
रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ।
बारा ४ प्रदेशसभा (ख) मा लोसपाका जितेन्द्र सोनल विजयी
बाराको निर्वाचन क्षेत्र नम्बर–४ (ख) प्रदेशसभा सदस्यमा लोसपाका जितेन्द्र सोनल विजयी हुनुभएको छ ।
गुल्मीमा भण्डारीको सुरुवाती अग्रता
प्रतिनिधि सभाको गुल्मी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले सुरुवाती अग्रता लिनु भएको छ ।
बारा ४ मा समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित
बारा क्षेत्र नम्बर–४ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठ (किसान) विजयी हुनुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँ पराजित हुनुभएको छ ।
झापाको १ (ख) मा राप्रपाकी सबिना बजगाईं विजयी
झापाको क्षेत्र नम्बर १ (ख) प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित हुनुभएको छ। नेकपा (एमाले)को समर्थनमा बजगाई विजयी हुनुभएको हो।
झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी
झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो।
अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी
अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिनुभयो।
बारा क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका चौधरी निर्वाचित
बाराको निर्वाचन क्षेत्र नम्बर-४ प्रदेशसभा (क) मा नेकपा (एमाले)का उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ।
झापा १ को प्रदेशसभा (क) मा कांग्रेसका गोपाल तामाङ विजयी
झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी हुनुभएको छ।