• १६ चैत २०८०, शुक्रबार

सुर्खेत १ प्रदेशसभा (ख) मा माओवादीका कृष्ण जिसी निर्वाचित

blog

कृष्ण जिसी । फाइल तस्बिर

सुर्खेत, मङ्सिर ८ गते । सुर्खेत क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का कृष्ण जिसी निर्वाचित हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का डण्डीप्रसाद शर्मालाई चार हजार १९६ मतान्तरले पराजित गर्नुभएको हो । जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा एमालेका शर्माले १६ हजार ३१६ मत प्राप्त गर्नुभयो । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ।