• १५ चैत २०८०, बिहिबार

गुल्मी-१ मा भण्डारी र ज्ञवालीको कडा प्रतिस्पर्धा

blog

चन्द्र भण्डारी र प्रदीप ज्ञवाली । फाइल तस्बिर

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर ८ गते । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका भण्डारीले सुरुवाती अग्रता लिनुभएको थियो । अहिले एमालेका ज्ञवाली ४९३ मतले अगाडि हुनुहुन्छ ।

एमालेका ज्ञवालीले १७ हजार ८६३ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेसका भण्डारीले १७ हजार ३७० मत प्राप्त गर्नुभएको छ । ज्ञवाली र भण्डारीबीच ४९३ को मतान्तर छ । 

सोही क्षेत्रको प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का सुदर्शन बराल १२९ मतसहित अगाडि हुनुहुन्छ । बरालले ६ हजार ८५९ मत प्राप्त गर्नुभएको छ । बरालका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का चिन्तामणि पाण्डेले ६ हजार ७ सय ३० मतसहित पछ्याइरहेका छन् । बराल र पाण्डेबीच १२९ मतको मतान्तर छ।

प्रदेशसभा (ख)मा नेकपा (एमाले)का फर्सुराम पाण्डेले अग्रता बनाउनुभएको छ। उहाँले ७ हजार २४६ मत प्राप्त गर्नुभएको छ। पाण्डेलाई नेपाली कांग्रेसका धनेन्द्र कार्कीले ६ हजार ४७१ मतसहित पछ्याइरहनुभएको छ। पाण्डे र कार्कीबीच ७७५ को मतान्तर छ।