• ७ वैशाख २०८१, शुक्रबार

रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी

blog

मोहन आचार्य । फाइल तस्बिर

काठमाडौं, मङ्सिर ८ गते । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले)का छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै आचार्य विजयी हुनुभएको हो । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाउनुभएको छ । 

आचार्य र तामाङबीचको मतान्तर ९ हजार ६२१ रहेको छ । ४६ वर्षीय इन्जिनियर आचार्य २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य बन्दै २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।