निजी स्वार्थ त्यागेर काम गर्नसके आर्थिक समृद्धि सम्भव: मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले निजी स्वार्थ त्यागेर काम गर्न सके आर्थिक समृद्धि सम्भव भएको बताउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग कोरियाका राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ ।
अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा
मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आउनुभएको छ । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष छलफल गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अन्तरिक्ष भ्रमण गर्न नेपाललाई चीनको निम्तो
चीनले आफ्नो अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपालीलाई निमन्त्रणा दिएको छ। नेपालका लागि चीनका राजदूत छेन सोङले नेपालीलाई चीनको अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न आमन्त्रण गर्नुभएको हो। चिनियाँ अन्तरिक्ष यात्रीले पहिलो अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेको भिडियो राख्दै उहाँले यस्तो आमन्त्रण गर्नुभएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ताले राखेको भिडियो सेयर गर्दै राजदूत सोङले ट्विटरमा अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिनुभएको छ।
सीमा विवाद समाधान द्विपक्षीय संयन्त्रमार्फत
नेपाल–भारत विदेश सचिवस्तरीय बैठकले दुई देशबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने सहमति गरेको छ। सोमबार नेपालमा सम्पन्न बैठकमा सीमा विवादका विषयमा समाधान हुन बाँकी रहेका खण्डहरूमा सिमानाको कार्यदलमार्फत काम पूरा गर्ने सहमति भएको हो।
हवाई ‘रुट’ उपलब्ध गराउन आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गर्नुभएको छ।
बेलायतबाट उच्चस्तरीय भ्रमण हुँदै
नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ । नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिनुभयो । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ हुने बताउँदै राजदूत क्याथ्रिनले भ्रमणबारे जानकारी दिनुभएको थियो ।
सरकारले मंगलबार यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने
सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ।
राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ।
जनमुक्ति सेनाको ब्यारेक बनेका ठाउँलाई युद्ध पर्यटनमा विकास गर्नुपर्छ : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले जनमुक्ति सेनाको ब्यारेक बसेका २८ वटा स्थानलाई युद्ध पर्यटनका रुपमा विकास गरेर लानुपर्ने बताउनुभएको छ।
नेपाल बाह्य शक्तिको खेल मैदान बन्दैछ : अध्यक्ष यादव
जनता समाजवादीका पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल बाह्य शक्तिको खेलमैदान बन्दैआएको बताउनुभएको छ । जसपा नेपाल कपिलबस्तुले तौलिहवामा राखेको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशमा मनाइयो जनयुद्ध दिवस
लुम्बिनी प्रदेशमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । रुपन्देहीमा रहेका ६५ जना शहीदपरिवारका सदस्यसँगै सो दिवस मनाइएको हो ।
सत्ता गठबन्धन फागुन १० भित्रै भत्किन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गर्नुभएको छ । कांग्रेस रुपन्देही क्षेत्र १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभयो ।
पुरानो सहमति कायम भए मात्रै रास्वपा सरकारमा जाने
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन हुँदा बखतको पुरानो सहमति कायम हुनसके सरकारमा जाने बताएको छ। रास्वपाको सोमबार बसेको केन्द्रीय कार्य समितिमा पुनः सहमति हुन सक्यो र जनताको काम गर्ने अवस्था रह्यो भने पछिल्लो अवस्था हेरेर सरकारमा जान सकिने अन्यथा सरकारबाट बाहिरिन पनि सक्ने रास्वपाले जनाएको हो।
तिलोत्तमामा चौथो राष्ट्रपति रनिङ शिल्ड
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्डको नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो। वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा ३६ विद्यालयको सहभागिता छ।
सरकार माओवादीको लागि चुनौती र अवसर हो : पूर्व सभामुख सापकोटा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकार र माओवादीका लागि चुनौती र अवसर दुवै भएको बताउनुभएको छ।
परिवर्तनका संवाहक शहीदप्रति उच्च सम्मान छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले परिवर्तनका निम्ति जीवन गुमाउनु हुने तथा आन्दोलनका क्रममा घाइतेप्रति उच्च सम्मान रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एसिया स्तरको संयन्त्र बनाउनेमा जोड
परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।
व्यवस्था परिवर्तनमा जनयुद्धको ठूलो भूमिका छ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेको बताउनुभएको छ । जनयुद्ध दिवसको अवरमा नेकपा (माओवादी केन्द्र) दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताउनुभयो ।
ट्राफिक जरिवाना बढी भएको भन्दै प्रदर्शन
ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएका छन्। काठमाडौंको माछापोखरी, नयाँ बसपार्क बाइपास क्षेत्रमा सवारी चालकले गाडी नै सडकको बीचमा रोकेर विरोध जनाएका हुन्।
महेन्द्रनगरको पर्यटन महोत्सवमा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पर्यटन महोत्सवमा सम्बोधन गर्नुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड महोत्सवमा पुग्नुभएको हो।
आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगतको सम्मान भयो : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ।
नेता निर्माणको नर्सरी स्ववियु : के छन् विद्यार्थी सङ्गठनका एजेण्डा
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने मिति तय गरेको छ। त्रिवि रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले पुस २८ गते एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको मितिबारे जानकारी दिएको थियो।