विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताउनुभएको छ । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।
नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल
काठमाडौं आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको छ । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशसचिव क्वात्रा काठमाडौंमा
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । दुईदिने नेपाल भ्रमणमा उहाँ आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो ।
सरकारको नेतृत्व चुनौतीपूर्ण अवसर : प्रधानमन्त्री प्रचण्ड
जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडामा जनयुद्ध दिवस मनाइएको छ । पार्टीले आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधन गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउँदै
प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँ आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम आउदै हुनुहुन्छ ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने
सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गरिनेछ ।
जनयुद्ध महान् र युगान्तकारी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताउनुभएको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिनु भएको शुभकामनामा उहाँले सो कुरा बताउनु भएको हो ।
एकतामा जनयुद्ध दिवसको सार्थकता
सरकारले जनयुद्ध दिवसको स्मरण गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदा दिएको हो । शान्ति सम्झौतामार्फत जनयुद्ध अन्त्य भएपछि पहिलो पटक सरकारले यस्तो बिदा दिएको हो । यसअघि जनयुद्धको नेतृत्व गरेका नेताहरूकै नेतृत्वमा सरकार गठन भए पनि फागुन १ को दिनलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिइएको थिएन ।
‘सहकारीलाई वितरणको माध्यम बनाउनुपर्छ'
प्रदेश १ का उद्योग, वाणिज्य र सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि र उद्योगलाई उत्पादनमा र सहकारीलाई वितरणको माध्यम बनाउनुपर्ने बताउनुभएको छ ।
सकारात्मक अठोट गरे अर्थतन्त्रको सुधार सम्भव छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ ।
पर्यटकीय क्षेत्रको विकासमा सरकार अग्रसर छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पर्यटकीय क्षेत्रको विकासका लागि वर्तमान सरकार अग्रसर रहेको बताउनुभएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधि सभा बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन
निर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ ।
समानुपातिकमा मतदातालाई पायक पर्ने स्थानबाट मतदान गराऔँ : राष्ट्रपति भण्डारी
निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम वि. सं. २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपतिसमक्ष पेस गरेको छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराउनुभएको हो ।
प्रतिनिधि सभा बैठक : आत्महत्या सम्बन्धमा अनुसन्धान हुनुपर्छ
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीमा व्यापक रूपान्तरण गर्छौं : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री र नर्वेका राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागिका नर्वेका राजदूत टाेरून ड्राम्दालले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु
बैठकमा सेनाको आठ वटा पृतनाका पृतनापति, विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपतिको उपस्थिति रहेको छ।
प्रधानमन्त्री प्रचण्ड र इजिप्टका राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउँदा आपत्ति छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दलले राष्ट्रपति हुने अवस्था आए पार्टीमा छलफल हुने बताउनु भएको छ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक जारी छ ।