राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) आफ्नो पदाधिकारी बैठक बोलाएको छ ।
प्रेमगीत त आमाबाट सिर्जित भयो : मन्त्री किराती
मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताउनुभयो । उहाँले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताउनु भयो ।
गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राजनीति समाज र जनताप्रति समर्पित हुनुपर्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौँमा पूर्व मन्त्री स्व.नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
नियमावली पारित गर्न सहमतिको खोजी
प्रतिनिधि सभाको कार्यसञ्चालन नियमावलीलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन प्रमुख राजनीतिक दल सकारात्मक देखिएका छन्। प्रचलित मान्यता र यसअघिका व्यवस्थामा रहेका सभामुखका विशेषाधिकारसमेत कटौती गर्ने गरी सत्तापक्षका सांसदले संशोधन दर्ता गरेपछि नियमावली पारितको बाँकी प्रक्रिया अघि बढेको छैन। संशोधनलाई सहमतिमा टुङ्गो लगाएर पारित गर्न सभामुख देवराज घिमिरेको पहलमा राजनीतिक परामर्शसमेत सुरु भएको छ। आइतबार राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र संशोधनकर्ता सदस्यसँग परामर्श सुरु भएको हो।
मन्त्रिपरिषद् विस्तार केही दिनपछि
सरकारको साझा नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ । यसअघि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब साझा नीति र कार्यक्रम पहिलो प्राथमिकतामा परेको छ । त्यसका लागि गृहकार्य भइरहेको छ । सत्ता साझेदार १० राजनीतिक दलले मन्त्रिपरिषद् विस्तारबारे आन्तरिक र संयुक्त छलफल तीव्र पारेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको परामर्श तीव्र पार्नुभएको हो ।
उपनिर्वाचनका लागि २६ दलको निवेदन
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिनुभयो । तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन दिएका हुन्। एकल चुनाव चिह्न लिएर स्पर्धा गर्न नेपाल आमा पार्टी, नेपाल सुशासन पार्टी र पुनर्जागरण पार्टी, नेपालले संयुक्त निवेदन दिएका हुन्।
कामपाको परामर्श सेवामा घरबहाल सम्झौता गर्ने बढे
काठमाडौं महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन्।
सत्य निरूपण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिनुभएको छ।
विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध हो : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको हुने बताउनुभएको छ।
मदिरा सेवन गर्ने मानिस एमाले हुन सक्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।
फौजदारी न्यायको सिद्धान्तमा सङ्क्रमणकालीन न्याय टुङ्गो लाग्दैन : नेता बस्नेत
फौजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारुढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनुभएको छ।
मन्त्रालय भागबण्डाको टुङ्गो लागेको छैन : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलका बीचमा मन्त्रालयको भागबण्डा नटुङ्गिएको बताउनुभएको छ।
साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ।
संवैधानिक परिषद् विधेयकमा संशोधन पेस गर्न ७२ घण्टाको समय
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ।
मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ ।
डिल्ली चौधरीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन दाबी पेस
लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त
नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् मात्रै भएको बताउनुभएको छ।
आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभएको छ।
लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ।
संसद्मा कोशी प्रदेश नामाकरण आन्दोलनबारे चासो
जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाउनु भएको छ।