• २६ वैशाख २०८२, शुक्रबार

मन्त्रालय बाँडफाँटको विषय प्रवेश पाएन

सत्ता गठबन्धन बैठकमा न्यूनतम साझा कार्यक्रममा छलफल

blog

प्रधानमन्त्री निवास बालुवाटामा बसेको सत्तारुढ दलको बैकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत १४ गते। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रममाथि छलफल भएको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निष्कर्ष निकाल्ने बताउनुभयो। उहाँले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘सरकार पक्षीय राजनीतिक दलका नेताको बैठक बस्यो। बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो। भोलि फेरि बैठक बस्नेछ।’’ 

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताउनुभयो। उहाँले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको प्रष्ट पार्नुभयो।   

 ‘‘भागबण्डाको बारेमा छलफल भएन। सरकार चाँडो भन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो। सरकार चाँडै विस्तार हुनेगरी छलफल भयो। मन्त्रालय नमिल्ने भन्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयका बारेमा कुनै विवाद छैन’’, नेता लेखकले भन्नुभयो।

यो पनि पढ्नुहोस

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा