• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अछाममा

blog

मुख्यमन्त्री कमलबहादुर शाह ।

शिवराज ढुंगाना
अछाम, चैत १४ गते ।
 सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पुर्ख्यौली जिल्ला अछाम आउनुभएको  छ । मुख्यमन्त्री शाहले अछाममा विभिन्न योजना अनुगमन, उद्घाटन र भेटघाटको कार्यक्रम रहेको बताउनुभयाे ।

उहाँले भेटघाट र योजनाको हेरफेर, उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस अछामका सहसचिव दिनेशकुमार स्वारले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री शाह चार दिनसम्म अछामका विभिन्न स्थानमा भेटघाट, उद्घाटन र अनुगमनमा संलग्न हुनुहुने बताउनुभयो ।

मुख्यमन्त्री शाहले बुढीगंगा नदीले गरेको कटान र त्यसको रोकथामको बारेमा चासो लिनुभएको सहसचिव स्वारको भनाइ छ । मङ्गलबार उहाँले रामारोशन गाउँपालिका –१ मलातीकोटको लघुजलविद्युतको उद्घाटन गर्नुभएको थियो । यस्तै, मङ्गलवारै मुख्यमन्त्री शाहले भौतिक योजना मन्त्री प्रकाश देउवाले प्रभा धम्कोट माविमा सञ्चालनरत रहेको महायज्ञमा समेत सहभागी हुनुभएको छ । मुख्यमन्त्री शाहको टिमलाई बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो कार्यालयमा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ ।

सदरमुकाम मङ्गलसेनमा बिहीबार कांग्रेस अछामले मुख्यमन्त्रीसँग स्वागत तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । सोही दिन मुख्यमन्त्री शाहले अछामका कार्यालय प्रमुखसँग भेटघाट कार्यक्रम पनि तय भएको बताइएको छ । पञ्चदेवल विनायक नगरपालिका–१ मा निर्मित भवनको उद्घाटनको कार्यक्रम छ ।

मुख्यमन्त्री शाह, मन्त्री देउवासँगै अछाम क्षेत्र नं. १ (१) को प्रदेशसभा सदस्य झपटबहादुर साउँद, कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीलगायत अछाम आउनुभएको छ ।