शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बासुदेव शर्मा
जाजरकोट मङ्सिर २९ गते । जाजरकोटमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । बारेकोट गाउँपालिका-८ लिम्सा बस्ने २९ वर्षीय राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सूचना अधिकारी एक्कबहादुर नेपालीका अनुसार भुपेन्द्रबहादुर खड्काको जाहेरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बैंकिङ् कसुर (चेक बाउन्स) मुद्दा दर्ता भएपछि फरार रहेका नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
चेक बाउन्स मुद्दामा फरार नेपाली घरमै लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सक्लाबाट खटिएको टोलीले आइतबार दिउँसो घरबाट पक्राउ गरी आवश्यक कारबाहिका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बसन्तकुमार शर्माले बताउनुभयो ।