• २० वैशाख २०८१, बिहिबार

रामनवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

blog

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत १५ गते। मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा उल्लेख भए अनुसार १६ गते बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो। 

हिन्दु धर्मावलम्बीको मर्यादा पुरुषोत्तम भगवान् रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशमा सार्वजनिक दिएको हो। यस अवसरमा मधेशका सरकारी कार्यालयबन्द रहने मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ। 

यससँगै मधेश प्रदेश सरकारको राजपत्रमा अङ्कित यो वर्षको अन्तिम सार्वजनिक बिदा हो। जनकपुरधामसहित तराई मधेशमा रामको जन्मोत्सव रामनवमी धूमधामका साथ मनाइन्छ।