काठमाडौं, चैत १५ गते । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले मङ्गलबार बैठकमा पेस गर्नुभएको न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै मन्त्रिपरिषद् विस्तारबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित दलका प्रमुख नेता सहभागी हुनुहुन्छ ।