• २६ वैशाख २०८२, शुक्रबार

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

blog

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनुहुँदै जनमत पार्टीका अध्यक्ष सिके राउत ।

काठमाडौं, चैत १५ गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावनाअनुसार चुनाव लड्न आफू जनमत पार्टीमा प्रवेश गर्नुपरेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादवले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रहनुभएका कुशवाहलाई ३५४ मतले पराजित गर्नुभएको थियो ।

तर जनताको भावना विपरीत यसपटक सत्ता गठबन्धनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उपचुनावमा उठाउने भएकाे बताउँदै उहाँले आफूले सो पार्टी परित्याग गरेकाे दाबी गर्नुभयाे ।