सञ्चारमन्त्री रेखा शर्मा सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।
कांग्रेस बैठकमा पार्टी एकताबद्ध बनाउन जोड
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा घर सञ्चालनका लागि पनि अनुशासन चाहिने भन्नुहुँदै बैठकमा एकआपसमा वाकयुद्ध गर्न नहुने बताउनुभयो।
सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।
बाँकेमा स्थानीय तहबाटै श्रम स्वीकृति
बाँके जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्विकृति दिनेक्रम सुरु भएको हो। स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको हो।
राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः सञ्चारमन्त्री शर्मा
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभएको हो।
मधेश प्रदेशवासीको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ ।
निर्वाचनमा महिलाहरूबिच नै प्रतिस्पर्धा हुनुपर्छ : डा. आरजु
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिनुभएको छ ।
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।
प्रत्यक्ष प्रसारणले देखाएको हार्दिकता
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा तेस्रो दिनको सुरुवातमै केन्द्रीय सदस्यले पदाधिकारीका कामकारबाहीको आलोचना गरे । बिहीबारको बैठकमा बोल्ने ३५ जना केन्द्रीय सदस्यले नेतृत्वको आलोचना र सचेत गराउँदै बैठकलाई तताइरहेका थिए । बैठक उत्तरार्धतर्फ चल्दै थियो । एकाएक माहोल खुसियालीमा बदलियो । पार्टीका महामन्त्री गगन थापाको जन्मदिनका अवसरमा सभापति शेरबहादुर देउवाले बैठकका रूप नै फेरिदिनुभयो । इतिहासमा बिरलै देखिने यस्तो दृश्य केन्द्रीय सदस्यले मात्रै नभएर नेपाली कांग्रेसको फेसबुक पेजमार्फत विश्वका कुनाकाप्चाबाट पनि लाखौँले हेर्न पाए ।
जसपाले फेर्यो झन्डा र लोगो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई: प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ ।
मन्त्री मोदीद्वारा किताबखानाको अनुगमन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताबखाना (निजामती) मा छड्के अनुगमन गर्नुभएको छ । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुग्नुभएको थियो । किताबखानामा मन्त्री मोदीको यो दोस्रो पटकको छड्के अनुगमन हो ।
‘अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ’
पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।
उपप्रधानमन्त्री खड्कासँग कोरियाका राजदूत योङको भेटवार्ता
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री खड्कालाई भेट्न राजदूत योङ बिहीबार दिउँसो रक्षा मन्त्रालय सिंहदरबारमा पुग्नुभएको हो ।
‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन
सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।
कांग्रेस बैठक: ‘घर–घर जाऔं, सदस्य बनाऔं’ बारे छलफल
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔँ, सदस्य बनाऔँ’ भन्ने अभियानबारे छलफल भएको छ ।
पार्टीको सदस्य सङ्ख्या घटेको छैन : एमाले
नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो ।
कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने
नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।
नेपाली सेनाको सङ्ख्या घटाउनु हुँदैन : नेता गौतम
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्या घटाउने कुरा सेनाको अपमान बाहेक केही हुन नसक्ने तर्क गर्नुभयो ।