योजना आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय सङ्घीय उच्च आयुक्त रबाव फतिमाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग कतारी राजदूतको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सोबिता गौतम अन्तर्राष्ट्रिय युवा राजनीतिज्ञ अवार्डबाट सम्मानित हुनुहुँदै
नेपालका तर्फबाट गौतमसहित अन्य चार देश क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेल्जियमका युवा राजनीतिज्ञ यस पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
‘कांग्रेस रूपान्तरण गर्न अनुशासन जरुरी’
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा समग्र रूपान्तरण गर्नका लागि नेतृत्वसहित पदाधिकारीमै अनुशासन कायम हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीमा सुधार ल्याउनका लागि माथिल्लो नेतृत्वबाटै रूपान्तरण सुरु गर्नुपर्ने बताउनुभएको हो ।
बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः नेता महत
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ। बुधबार समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारको बैठक बिना निष्कर्ष सकियो
ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।
नेपाली सेनालाई कमजोर बनाउने बहस निरर्थक : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको संस्था नेपाली सेनाको सम्बन्धमा केही समययता निरर्थक बहस सिर्जना गर्न खोजिएको बताएको छ।
जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो।
सूचना प्रविधिको विकास र प्रयोग नेपालको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिएको बताउनुभएको छ। बुधबार नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरसँगको शिष्टाचार भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो।
एमालेको कार्यवाहक अध्यक्षमा पोखरेल
नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली साउन १ गतेदेखि ८ गतेसम्म कम्बोडिया भ्रमणमा रहनुभएकाले पोखरेललाई कार्यबाहकको जिम्मेवारी दिनुभएको हो ।
कांग्रेस बैठकमा प्रदेश सभापतिको गुनासो
नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राख्नुभएको छ।
सरकार, संसद् र पार्टीको समन्वयले मात्रै विकासले गति लिन्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताउनुभएको छ ।
प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु
सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ ।
प्रदेश समितिलाई उपेक्षा गरे पार्टी सङ्गठन कमजोर बन्छ : सभापति शर्मा
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ ।
असारे विकासको विकल्प खोज्न जरूरी छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ ।
एमालेको मधेश प्रदेश अधिवेशन असोजमा
नेकपा (एमाले)ले आगामी असोज महिनामा मधेश प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । बुधबार जनकपुरमा सम्पन्न पार्टीको प्रदेश सचिवालय बैठकले अगामी असोज ५ र ६ गते जनकपुरधाममा अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड इटाली जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जानुहुने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्रीले आज बुढीगण्डकी फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै छ ।
‘थप जिम्मेवार हुन प्रेरणा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनको शोकमा सबैको साथ र सद्भावले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शोकको यो घडीमा यहाँहरूको साथ, समवेदना र सद्भावले हामीलाई पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस पनि गराएको छ ।”
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो
राजनीतिक दलहरूमा समग्र रूपान्तरणको विमर्श चलिरहँदा नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्था स्थापनापछि पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरी नवीन अभ्यास थालेको छ । यससँगै नेपालमा सञ्चालनमा रहेका दलहरूमध्ये पुरानो दल नेपाली कांग्रेस पार्टी सञ्चालनको पारदर्शी पद्धतिमा नयाँ प्रविधिमा रूपान्तरण भएको छ ।
कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझायो
नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। मंगलबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो।