• १३ पुस २०८१, शनिबार

नेपाली सेनालाई कमजोर बनाउने बहस निरर्थक : राप्रपा

blog

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । फाइल तस्बिर

काठमाडौं, साउन ३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको संस्था नेपाली सेनाको सम्बन्धमा केही समययता निरर्थक बहस सिर्जना गर्न खोजिएको बताएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्ध ढङ्गबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताबाट नै नेपाली सेनाको सङ्ख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषय श्रृंखलावद्ध रूपमा बहस चलाउनु अनुचित र दुर्भाग्यपूर्ण रहेको बताउनुभएको हो। 

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन्। यसबारे राप्रपा बहस गर्न तयार छ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन।”

राप्रपाले नेपाली सेनालाई गौरवशाली संस्थाको रूपमा अक्षुण्ण राख्नुपर्ने भन्दै साझा प्रतिबद्धताका लागि पनि आह्वान गरेको छ।