कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिनुभयो ।
बिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ ।
संसदीय समितिमा १० वटा विधेयक विचाराधीन
संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरू प्रभावित बनेका हुन् ।
ललिता निवास प्रकरण : सञ्चारसचिव राउतसहितको रिटमा सुनुवाइ जारी
ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ
एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ ।
मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।
विकास–निर्माणमा राजनीतिक दलको सहकार्य आवश्यक छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ। उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरु जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
प्रदेश प्रमुखबाट दुई वटा विधेयक प्रमाणीकरण
बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार प्रमाणीकरण गर्नुभएको छ ।
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ।
कांग्रेस प्रचार विभागमा तीन सदस्य मनोनीत
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप हुनुभएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई मनोनयन गर्नुभएको जानकारी दिनुभयो।
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ।
पहिरोको जोखिममा रहेको ताप्लेजुङ मैवाखोलाको बस्ती स्थानान्तरण हुने
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो।
सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप र आर्थिक चलेखलबाट मुक्त राख्ने प्रतिबद्धता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कर्णालीका प्रत्येक घरमा नेपाल प्रहरीको नम्बर
कर्णाली प्रदेशका नागरिकको हरेक घरमा अब प्रहरीको सम्पर्क नम्बर रहनेभएको छ । सुरक्षित कर्णाली बनाउने अभियानअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आइतवारदेखि प्रदेशका १० वटै जिल्लामा नागरिकका घरका मूल ढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँस अभियान सुरु गरेको हो ।
न्यायाधीश नियुक्ति चाँडै : प्रधानन्यायाधीश कार्की
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ।
राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।
व्यावहारिक शिक्षाले मात्र प्रगति हुन्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षाले मात्र मुलुकको प्रगति हुने बताउनुभएको छ । त्यस्तो, शिक्षा दिने मुलुकले मात्र प्रगति गर्न सक्ने उहाँको भनाइ छ ।
नागरिकलाई सरकारी काम छिटो र सहज रूपमा दिन उपप्रधानमन्त्री श्रेष्ठद्वारा निर्देशन
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।
गठबन्धन गर्न आउने पार्टी कमजोर पार्टी हो : काँग्रेस महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी भएको बताउनुहुँदै कसैसँग गठबन्धन गरिरहन आवश्यक नहुने बताउनुभयो ।
छ राजदूत सिफारिस
सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखापत्रलाई बताउनुभयो।
कांग्रेस नेता निधिलाई भारतमा संगम विश्वविद्यालयको अभिनन्दन
भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ।
सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको एमालेको ठहर
नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको बैठकले सो आरोप लगाएको हो ।
देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छः मन्त्री गुरुङ
सहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताउनुभएको छ।