काठमाडौं, साउन १ गते । ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सोमबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ जारी रहेको हो ।
यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
सो प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कृष्णबहादुर राउत र मीनबहादुर गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित असार १३ गते सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।