• १३ पुस २०८१, शनिबार

व्यावहारिक शिक्षाले मात्र प्रगति हुन्छ : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षाले मात्र मुलुकको प्रगति हुने बताउनुभएको छ । त्यस्तो, शिक्षा दिने मुलुकले मात्र प्रगति गर्न सक्ने उहाँको भनाइ छ । 

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यावहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्नसक्ने बताउनुभएको हो । उहाँले मुलुकको शिक्षाको ठीक ढङ्गले विकास गर्न नसकेको मुलुकले विश्वमा प्रगति गर्न नसकेको बताउनुभयो । 

राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मुलुकको मात्र प्रगति सम्भव रहेको चर्चा गर्नुभयो । सभामुख घिमिरेले शिक्षाको विकास सही ढङ्गबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नुपर्थ्याे त्यसरुपबाट हुन नसकेको हो कि भन्ने प्रश्न छ । शिक्षा भनेकै हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुराहरु हो ।’ शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्वपूर्ण पाइलाको शुरुवात गर्ने बताउनुभयो ।