प्रधानमन्त्रीलाई विज्ञको सुझाव : मेन्यु लिएर भ्रमणमा नजानुस्
जेठ १७ देखि चार दिने भारत भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विज्ञहरूले भ्रमणमा जाँदा भ्रमणको मेन्यु लिएर नजान सुझाव दिएका छन् ।
युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्र बनाइनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गर्नुभएको छ।
युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । आइतबार धनगढीमा राष्ट्रिय युवा परिषद्को सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वयमा युवालय संस्थाले आयोजना गरेको दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विषयगत समितिहरूको सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । आइतबार भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।
मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म भएको बताउनुभएको छ ।
अबको यात्रा सुशासन केन्द्रित हुनुपर्छ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अबको हाम्रो यात्रा प्रादेशिक संरचनाहरूको सुदृढीकरणमार्फत सुशासनतर्फ केन्द्रित हुन आवश्यक भएको बताउनुभएको हो ।
सबैले यात्रा गरेको एउटै जहाज गणतन्त्र
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समावेशिताको सुनिश्चितता गणतन्त्रको उपलब्धि मान्नुहुन्छ।आवश्यकता अनुसार गणतन्त्रलाई सुधार गर्दै लान सकिने भन्दै उहाँ गणतन्त्र घोषणा आफ्नो निम्ति सुखद् पक्ष रहेको सुनाउनुहुन्छ।
कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान
नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई सम्मानित गरेको छ । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।
विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेज स्वीकृत
सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार लगानी बोर्डको ५४औं बैठक सम्पन्न भएको छ ।
गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा महर्जन नियुक्त
गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त हुनुभएको छ ।
विश्व वातावरण सुविधाको सातौँ सभामा नेपालले अर्थमन्त्रीको नेतृत्वमा भाग लिने
क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकमा नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
मन्त्रिपरिषद् निर्णय : चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
‘साना दल र स्वतन्त्र सांसदलाई संसदमा उपेक्षा गरियो’
सङ्घीय संसदमा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।
कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
लगानी बोर्डको बैठक सुरु
लगानी बोर्डको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकले बजेट तथा अन्य लगानीसँग सम्बन्धित विषयमा निर्णय गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रबल सम्भावना रहेको बताउनुभएको छ ।
‘लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो’
जनता देशका मालिक हुन् । यसको लामो इतिहास छ । गणतन्त्रको उपलब्धि के हो भने जनता सार्वभौम भएका छन् । हाम्रो देशको भने सात दशक लामो सङ्घर्ष छ, आठ दशक भनौँ । त्यसको उपलब्धिमा जनताका प्रतिनिधिले आफैँले संविधान लेखेर देशको लोकतन्त्रको मूल बाटो बनाएका छन् । संविधान सभाबाट गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी, धर्म निरपेक्षतासहितको जुन संविधान बनेको छ यसले सम्पूर्ण देशवासीलाई समेटेको छ ।
राष्ट्रको हितका लागि सबै दल एक ठाउँमा उभिनु जरुरी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताउनुभएको छ।
रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु हुँदैनः विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनुनहुने बताउनुभएको छ।
जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताउनुभएको छ ।