• १ माघ २०८१, मङ्गलबार

नेसपाले साउन १ गतेदेखि पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने

blog

काठमाडौं, असार २७ गते । नेपाल समाजवादी पार्टीले साउन १ गतेदेखि पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ । नेसपाका प्रचार विभाग प्रमुख विश्वद्विप पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै ६ महिनासम्म सो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । यो अवधिमा देशभर वृक्षारोपण कार्यक्रमसँगै जिल्ला–जिल्ला अभियान उद्घाटन हुने जनाइएको छ । 

उहाँले सुरुवातमा प्रदेशस्तरीय प्रशिक्षण बैठक कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा २७ र सुदरुपश्चिममा २९ गते बैठक हुने बताउनुभयो । 

नेसपाले कोशी प्रदेशमा हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गङ्गा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा सो अभियान सञ्चालन हुने जनाएको छ ।