काठमाडौं, असार २७ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालकोे निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ।
दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुग्नुभएको थियो।