• २३ वैशाख २०८१, आइतबार

अदालतमा दुई वर्ष भन्दा पुराना मुद्दा बाँकी छैनन् : प्रधानन्यायाधीश कार्की

blog

सिद्धिचरण नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानन्यायाधीश हरिकृष्ण कार्की ।

शेरबहादुर राई

ओखलढुङ्गा, असार २७ गते। सर्वोच्चदेखि जिल्ला अदालतसम्म दुई वर्षभन्दा पुराना मुद्दाको फछ्यौट गर्न बाँकी नरहेको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताउनुभएको छ ।

न्यायालयले ढिला गरेर न्याय दिन्छन् भन्ने आरोप लाग्ने गरेकोमा पछिल्ला वर्षमा न्याय सम्पादन तीव्र हुने गरेको प्रधानन्यायाधीश कार्कीको भनाइ छ।

जिल्ला अदालत र उच्च अदालत विराटनगर अस्थायी ईजलासको अनुगमनका लागि ओखलढुङ्गा आइपुग्नु भएका प्रधानन्यायाधीश कार्कीले यस्तो बताएउनुभएको हो।

प्रधानन्यायाधीश कार्कीको स्वागतका लागि सिद्धिचरण नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रभावकारी र पारदर्शी भएको बताउनुभयो।

आफ्नो कार्यकाल छोटो समयका लागि भए पनि समग्र न्याय प्रणालीको सुधार र व्यवस्थापनमा ऐतिहासिक काम गर्ने प्रधानन्यायाधीश कार्कीले बताउनुभयो।

प्रधानन्यायधीश कार्कीसहित सर्वोच्च अदालतका प्रशासनिक टोली ओखलढुङ्गामा आएको छ।