काठमाडौं, असार २७ गते । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेको छ ।
फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको वक्तव्यमा दाहालको असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख छ ।
फाउन्डेसनले प्रधानमन्त्री दाहाललगायत परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गरेको छ । रासस