सरकारमा सहभागी दललाई विश्वासमा लिने वातावरण बनाउनु जरुरी छ: उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।
कांग्रेस केन्द्रीय सदस्यलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ।
बूढीगण्डकी जलविद्युत आयोजना : प्रधानमन्त्रीले बुधबार फिल्ड कार्यालय उद्घाटन गर्नुहुने
लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुहुने भएको छ ।
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग
चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रूपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ ।
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसँगिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ ।
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुँदै
ललिता निवास प्रकरण बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (मङ्गलबार) पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रत्यक्ष प्रसारण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसँगिनी सीता दाहालको निधन भएको आज सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
मन्त्री बस्नेत र बेलायतका राज्यमन्त्री विल क्विन्सबीच भेटवार्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य(बेलायत)का स्वास्थ्य राज्यमन्त्री विल क्विन्सबीच सोमबार लन्डनस्थित स्वास्थ्य मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो ।
खुसीले मुक्ति दिवस मनाउन नसकेको गुनासो
जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले मुक्त गरेको आज २३ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते (आजको दिन ) तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले मुक्त भएको घोषण गरेको थियो ।
‘अमेरिकासँग वार्ता हुँदैन’– उत्तर कोरिया
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।
अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता
भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।
पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद्ः मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताउनुभएको छ । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन सकिरहेका छैनन् भन्नुभयो ।
कैलालीको भजनी र जोशीपुरमा आज सार्वजनिक बिदा
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
एक वर्षपछि कांग्रेस बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि मङ्गलबार बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यतः १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।
काँग्रेस नेता निधिले नेता कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयाे
नेपाली काँग्रेसका पूर्व उपसभापति विमलचन्द्र निधिले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका काँग्रेस नेता डा. राजाराम कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिम्स्टेक विदेशमन्त्रीस्तरीय रिट्रिट बैठक, आपसी सहयोग वृद्धिबारे छलफल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्यान्डमा सम्पन्न बिम्स्टेकका विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठकमा आपसी सहयोग सुदृढ पार्ने उपायबारे गम्भीर छलफल भएको छ।
एकाउन्न दल आयोगको कारबाहीमा, ३९ लाई जरिबाना र १२ लाई सचेत
निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले कारबाहीको निर्णय गरेको हो। बैठकले लेखापरीक्षण प्रतिवेदन पेस गरे पनि सार्वजनिक नगरेको तथा आयोगको निर्देशन पालना नगरेका ३९ राजनीतिक दललाई जरिबाना र १२ दललाई सचेत गराएको छ।
नेकपा (एस) को सचिवालयमा धारणा राख्नेक्रम जारी
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार पनि जारी रह्यो । बैठकमा सचिवालयका सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको सो दलका नेताहरूले जनाएका छन् ।
कांग्रेसका दश एजेण्डा : बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव
नेपाली कांग्रेसको सोमबार बसेको पूर्व पदाधिकारी तथा पदाधिकारीको बैठकले केन्द्रीय कार्य समितिको बैठकका लागि दश एजेण्डा तय गरेको छ ।
मन्त्री मोदी र मेयर बालेन्द्रवीच भेटवार्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।