• ७ पुस २०८१, आइतबार

सरकारमा सहभागी दललाई विश्वासमा लिने वातावरण बनाउनु जरुरी छ: उपसभापति खड्का

blog

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक । तस्बिर : कविन अधिकारी

काठमाडौं, साउन २ गते । नेपाली कांग्रेसका उपसभापति एवम् सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो।

सानेपास्थित बीपी स्मृति भवनमा मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारमा पार्टीको सहभागिता एवम् भूमिकाबारे धारणा राख्नुहुँदै उहाँले अहिलेको मुलुकको राजनीतिक अवस्था र प्रतिकूल आर्थिक अवस्था लगायत नेपाली जनतामा भएको निराशा, नयाँ पिँढी र युवा पङ्क्तिमा प्रश्न उठेकोले विश्वासको वातावरण बनाउन जरुरी रहेको भनाइ राख्नुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनपछि हामी पहिलो पार्टी, राजनीतिक दलको नाताले तुलनात्मक रूपमा अरूभन्दा वडा, प्रदेश, सङ्घ सबै तहमा कांग्रेसको भूमिका सबै तहका नेतृत्वले निर्वाह गर्ने भूमिकाले जोडिएका दललाई विश्वासमा लिएर जानसक्ने वातावरण बनाउन जरुरी छ । साथमा, मुलुकको राजनीतिक र विविध कारणले नेपाली जनतामा भएको निराशा, नयाँ पिँढी र युवा पङ्क्तिमा रूपान्तरण र सुधारको खोजी । यी सबै विषयलाई आ–आफ्नो जिम्मेवारी अनुसार म:, म: भन्दै मुलुकको परिवर्तनमा यदाकदा उठाउन खोजिएको कुरालाई, हाम्रा क्रियाकलाप, निर्णय प्रक्रियाबाट आकर्षित हुने गरीकाले भूमिका निभाउनुपर्नेछ ।”

उहाँले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभयो । एमाले–माओवादी केन्द्र लगायतका दलको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “ पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ । त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो । आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।”

गठबन्धनका लागि कांग्रेस सभापतिको नेतृत्वमा विभिन्न चरणमा वार्ता उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ता भएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनः स्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरण स्वरूप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा निर्वाचित गर्‍यौँ ।”