• ११ मंसिर २०८१, मङ्गलबार

काँग्रेस नेता निधिले नेता कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयाे

blog

नयाँ दिल्ली,  साउन २ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलचन्द्र निधिले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका काँग्रेस नेता डा. राजाराम कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

निधिले सोमबार साँझ भेटेर कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित डा. कार्की गत वर्ष अमेरिकामा उपचार गरेर स्वदेश फर्केका थिए। पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि उनलाई नयाँ दिल्ली लगिएको थियो। 

काँग्रेस नेता निधिका अनुसार डा. कार्कीको स्वास्थ्य अवस्था कमजोर भएको छ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य डा। कार्की पंचायतकालमा लोकतान्त्रिक  आन्दोलनको अग्र मोर्चामा रहेर काम गरेका नेता हुन्। नेपाली काँग्रेसको तर्फबाट बागमती प्रदेश सभा सदस्य रहेका कार्की नेपाल तरुण दलका पूर्व महासचिव समेत हुन्।