• १३ पुस २०८१, शनिबार

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुँदै

blog

काठमाडौं, साउन २ गते । ललिता निवास प्रकरण बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (मङ्गलबार) पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।

सो प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कृष्णबहादुर राउत र मीनबहादुर गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित असार १३ गते सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।