• १३ पुस २०८१, शनिबार

देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छः मन्त्री गुरुङ

blog

सहरी विकासमन्त्री सीता गुरुङ । फाइल तस्बिर

काठमाडौं, असार ३० गते। सहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताउनुभएको छ। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले देशको चित्र बोलेर नभइ सबैले यहाँ छु भन्ने हिसाबले देखिनु आजको आवश्यकता भएको बतउनुभयो। 

उहाँले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताउनुभयो। उहाँले कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाउनुभएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो। त्यही अनुसार नेपाली कांग्रेसको हिजो बिपी कोइरालाले विधानमा लेख्नुभएन, तर व्यवहारमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुभयो। जहाँ नैतिक हिसावले महिला पनि समावेश गर्नुपर्छ भनेर महिलाको पनि उपस्थिति सँगै लिएर जानुभएको थियो।’’ 

मन्त्री गुरुङले अन्य दलहरुले ठुलो भाषण गरेर आश्वासन बाँडे पनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्तिता गर्न नसकेको बताउनुभयो।