• १३ पुस २०८१, शनिबार

प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा

blog

कार्यक्रमको उदंघाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन ५ गते । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।

बिहीबार नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष लम्साल आफै‌ले अध्यक्षमा रेशम कुँवरलाई निरन्तरता दिदै सर्वसम्मत नेतृत्वको चयन गर्नुभएको थियो । केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले हस्ताक्षर गरेको कार्य समितिको नामवली सार्वजनिक भएको थियो । तर, युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेर अर्को समिति घोषणा गरेका छन् ।

स३ंगठनको बिधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रीय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप आफुलाई मान्य नहुने अध्यक्ष पदका उमेद्वार सुमन महताराले बताउनुभयो ।

जिल्लामा ५९ जना सदस्यमध्ये ३८ जना सदस्यको बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको छ । उनीहरुले एकलौटी टाँसिएका १९ जनामध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मका लागि कार्यसमिति शून्य हुन नदिन समिति गठन गरिएको महताराले बताउनुभयो । 

असन्तुष्ट पक्षले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुनः अधिवेशनको माग गरेका छन् । उनीहरुले पुनः निर्वाचन प्रक्रिया अगाडि नबढाएर बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

असन्तुष्ट पक्षले घोषणा गरेको कार्यसमितिमा सुमन महतारा अध्यक्ष, उपाध्यक्षमा प्रकाश घिमिरे र दीपक नेपाली, सचिवमा सागर भण्डारी, सहसचिबमा चन्द्रकला राना र अनिल खत्री, कोषाध्यक्षमा नवीन कार्की रहनुभएको छ । यस्तै, सदस्यमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफले, पूजा विश्वकर्मा, करिष्मा अर्याल, माधव खरेल, कविराज भुसाल, मोहन गौतम, सुरज कार्की, दधिराम भुसाल, रमेश पन्थी रहेको सचिव सागर भण्डारी रहनुभएको छ । 

केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले जारी गरेको निर्वाचितको विवरणअनुसार १९ जनाको कार्यसमितिमध्ये अध्यक्ष रेशम कुँवर, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनार बाहेक उपाध्यक्ष दीपक नेपाली, सचिव सुमन महतारा, सहसचिव सन्तोष महतारा र चन्द्रकला राना, कोषाध्यक्ष नवीन कार्कीसहितका १६ जनाले असहमति राखेका छन् । 

नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले केन्द्रीय अध्यक्षकै उपस्थितिमा भएको निर्णय सच्चिने सम्भावना कम रहेको बताउनुभयो । उहाँले सहमतिकै आधारमा समिति निर्माण गरिएको दाबी गर्नुभयो । 

नेपाल प्रेस युनियनको नवौं जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता भीम न्यौपानेले केन्द्रले हस्तक्षेप गरेपछि असहमतिबीच आफुले काम गर्न नसकेको बताउनुभयो ।