काठमाडौं, साउन ४ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताउनुभएको हो।उहाँले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यले बोल्नेक्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताउनुभयो। उहाँले केन्द्रीय कार्यसमिति सदस्यहरूले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ।यो बैठक जारी छ।भोलि ११ बजेका लागि बैठक तोकिएको छ।केन्द्रीय समितिका सदस्यले बोल्नेक्रम जारी छ, अझै दुई दिन लाग्नसक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आइतबार पनि योक्रम जारी रहन्छ ।’
नेता पौडेलले बैठक शुक्रबार र आइतबार बस्ने बताउनुभयो।उहाँले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताउनुभयो।