• १२ साउन २०८१, शनिबार

सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद

blog

म्याद थपका लागि उच्च अदालत पाटनमा उपस्थित भएका अभियुक्त । तस्बिरः विकास द्वारे

काठमाडौं,साउन ४ गते । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो । 

सामान्य अवस्थामा अधिकतम सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने गरिएको भए पनि सुन तस्करीको मुद्दा जटिल खालको भएकाले १० दिनको म्याद थप भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “सामान्य अवस्थामा अनुसन्धानका लागि अधिकतम सात दिनको म्याद थप गरिन्थ्यो । तर, यो विशेष प्रकृतिको भएकाले १० दिनको म्याद थपिएको छ ।”  घटनामा जोडिएका अन्यलाई अदालतले जरुरी पक्राउ पुर्जी जारी गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस

विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै

त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का

सुनको मूल्य हालसम्मकै उच्च

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ