• २१ वैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

काठमाडौं, साउन ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।

विभागका महानिर्देशक नवरान ढुङ्गानाका अनुसार अझै सुन बाँकी रहेको आशङ्कामा अहिले विमानस्थलमा विशेष अप्रेसन जारी छ ।

महानिर्देशक ढुङ्गानाले भन्नुभयो, “उही प्रकृतिको सुन अझै विमानस्थल परिसरमा रहेको आशङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाहा छैन ।”

अहिले विशेष अनुसन्धानका लागि विभागका महानिर्देशक ढुङ्गाना विमानस्थलमै पुग्नुभएको छ ।


यो पनि पढ्नुहोस

विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ