• १२ साउन २०८१, शनिबार

सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

blog

काठमाडौं, साउन ४ गते । सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका चुवान सुनको मालिक हो भन्ने आशङ्का गरिएको उहाँको भनाइ छ ।

महानिर्देशक अधिकारीले पक्राउ गरिएको चिनियाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चिनियाँ नागरिक चीन जाँदै गर्दा सुरक्षाकर्मीको मौखिक सूचना अनुसार हामीले पक्राउ गरेका हौँ । उहाँलाई राजश्व अनुसन्धान विभागमा बुझाएका छौँ ।’’


यो पनि पढ्नुहोस

त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का

विमानस्थलमा बरामद सुन टक्सार कार्यालयमा जोखिँदै

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ