राष्ट्रपतिद्वारा सर्वोच्चमा छजना न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
गल्ती दोहोर्याउने छैनौ : कांग्रेस
नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाको बोर्ड ढाकेर गरिएको पार्टीको जिल्ला सम्मेलनमा गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ ।
उखुको न्यूनतम खरिद मूल्य तोकियो
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपियाँ तोकेको हो ।
राष्ट्रिय सभा निर्वाचन : दुई हजार ४७ जना मतदाता
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो ।
राष्ट्रपतिले उद्घाटन गरेको ढुङ्गेधाराको कन्तबिजोग
करिब तीन वर्ष अघि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यस धाराको औपचारिक शुभारम्भ गर्नुभयो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी वितरण हुने भएपछि काठमाडौंवासीमा खुसी त छाएको थियो नै, यससँगै भृकुटीमण्डप क्षेत्रमा हिँड्डुल गर्ने यात्रुसमेत यसबाट लाभान्वित हुनेमा आशावादी थिए ।
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो ।
दुई वटा मन्त्रालयको सङ्गठन संरचना स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशका थप दुई वटा मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।
नयाँ कक्षमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार मध्याह्नबाट बैठक सुरु भएको हो ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउनुहुँदै
प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘नेताका कमजोरीका कारण व्यवस्थामाथि प्रहार भयो’: नेता पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।
‘एनसेल सेयर बिक्रीमा गडबड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजिएटा लिमिटेडको सेयर खरिदबिक्री पहिलो दृष्टिमै गडबड भएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उहाँले खरिद प्रक्रिया अपारदर्शी र अप्राकृतिक भएको पनि बताउनुभयो । उहाँले छानबिन समितिको प्रतिवेदनले ठहरे अनुसार कानुनी कारबाही हुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मतदाता नामावली सङ्कलन तीव्र
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय र प्रदेश सभा सचिवालयबाट पठाइएको नामावली रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ ।
बहुमत ल्याउने गरी अघि बढौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने बताउनुभएको छ। मंगलबार प्रविधि पत्रकार मञ्चको कार्य समितिसँग मन्त्रालयमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।
रोजगार शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
भेरी बबई डाइभर्सन आयोजनाको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन
राष्ट्रिय गौरवको सूचीमा रहेको भएपनि भेरी बबई आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिनुभएको छ ।
दूरसञ्चार ऐन संशोधनका लागि मस्यौदाको तयारी गर्दैछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताउनुभएको छ।
कांग्रेस गण्डकीको सम्मेलन पोखरामा
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखराको सभागृहमा जारी छ। पोखरामा भइरहेको सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ।
एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ।
दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी
दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले अहिले जिल्ला जिल्लामा सुझाव सङ्कलन गर्न थालेको छ । दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि प्रदेश नीति तथा योजना आयोगले जिल्ला जिल्लामा पुगेर सुझाव सङ्कलनको काम गरिरहेको हो ।
निराशाको बहस अन्त्य गरौँ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाश शरण महतले अब हामीले निराशाको बहस अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
उद्योगी व्यवसायीको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ ।