कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज सकिँदै छ । सम्मेलनमा बिहीबार सात समूहगत छलफलको निष्कर्ष सुनाइने छ ।
ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु-याउने धोको छ : सांसद थेवे
जनताका घरघरमा खानेपानी पु-याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन ।
मृतकका परिवारलाई रुसले क्षतिपूर्ति दिने
रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुस सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने तय भएको छ ।
विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ।
माओवादी केन्द्रको विधान अधिवेशन : सुझाव सङ्कलन सकियो
नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ। विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ।
कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा
नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
माओवादी केन्द्रको विधान अधिवेशन : समूगत सुझाव सङ्कलन सुरु
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको दोस्रो दिन बुधबार समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।
गठबन्धन संस्कृतिले सिंगो प्रणालीलाई विकृत बनायो : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलबिच गठबन्धन संस्कृतिको अभावमा सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्यत भएको बताउनुभएको छ ।
निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा
कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन ।
विधानमाथि सामूहिक छलफल जारी, २ बजे निष्कर्ष पेस गरिने
नेकपा (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।
सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद पूर्णबहादुर घर्ती
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध हुन जरुरी छ ।
राजनीतिक दलको आयव्यय, बयासी दलले बुझाए विवरण
निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आर्थिक वर्ष २०७९/८० को आयव्ययको विवरण बुझाएका छन् । राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ मा आयव्ययको विवरण बुझाउँदा महालेखा परीक्षकको कार्यालयले औँल्याएका त्रुटिसहितको प्रतिवेदन भने अझै कार्यान्वयन भएको छैन ।
कांग्रेस महासमिति बैठक व्यवस्थापनका लागि प्रदेश समन्वय उपसमिति गठन
नेपाली कांग्रेसको फागुन ७ गतेदेखि १० गतेसम्म बस्न गइरहेको महासमिति बैठक व्यवस्थापनका लागि प्रदेश समन्वय उपसमिति गठन भएको छ।
नेपाली कांग्रेसका नेताद्वारा महासमिति बैठक स्थल निरीक्षण
नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ।
नेता नेपालले मान्छेलाई अल्मल्याइरहेका छन् : अध्यक्ष ओली
नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मान्छेलाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ।
पोखरा चैतभित्रै पर्यटनको राजधानी : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरा महानगरलाई पर्यटनको राजधानी सहर घोषणा गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।
सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु हुँदैन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु नहुने बताउनुभएको छ।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल
नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो ।
दक्ष जनशक्ति उत्पादन गर्न नयाँ विश्वविद्यालय : राज्यमन्त्री कुमारी
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष, सिर्जनशील, उद्यमशील तथा प्रतिस्पर्धी मानव स्रोत उत्पादन गर्न उत्कृष्ट प्राज्ञिक केन्द्र आवश्यक भएकाले नयाँ विश्वविद्यालय स्थापना गर्न लागेको बताउनुभएको छ ।
माओवादी युद्धका सहयात्रीलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।
माओवादी केन्द्रको विधान सम्मेलन सुरु
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको सुरु भएको हो ।