सबै समुदायलाई राज्यको मूलधारमा ल्याइन्छ : मुख्यमन्त्री चौधरी
बादी समुदायको आर्थिक, सामाजिक अधिकार र न्यायको पहुँचमा प्रदेश सरकार तथा सरोकारवालाको भूमिका विषयमा छलफल गरिएको छ ।
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो ।
बिपी स्मृति भवनको उद्घाटन
नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ ।
सभापति देउवाद्वारा बिपीको सालिकमा माल्यार्पण
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका–३ स्थित बिपी पार्कमा स्थापना गरिएको बिपीको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भयो : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको हो ।
लाइसेन्सका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य : प्रवक्ता पनेरु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हालेसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा देखिएका समस्या समाधान हुँदै गएको छ ।
‘जलवायु असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक’
विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ ।
संसद्को एक वर्षको अभ्यासबाट म सन्तुष्ट छैन : सांसद श्रेष्ठ
“मेरो संसद् प्रवेशको एक वर्षे कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन”, सांसद शान्ति श्रेष्ठले भन्नुभयो, “आफैँले आफैँलाई समीक्षा गर्नुपर्दा मेरो संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ ।”
कांग्रेस सभापति देउवा आज तनहुँ आउनु हुँदै
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँले निर्माण गरेको बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आज तनहुँ आउनुहुने भएको छ ।
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ ।
अप्ठ्यारोमा जनतालाई सरकारले सहयोग गर्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सरकार जनताको अभिभावक भएकाले जनतालाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता
गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा उहाँले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।
‘क्रिसमस डे’ले सबैलाई एकजुट बनाउन सहयोग गर्ने उपराष्ट्रपति यादवको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताउनुभएको छ ।
चाडपर्वहरुले एकता र मेलमिलापको आधार गर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
‘चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ’
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभएको छ ।
प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन सकिने बताउनुभएको छ।
सञ्चार माध्यम सरकार र जनताबिचको पुल बन्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरूले सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
जनतामा आशा जगाउने काम गरेका छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग आज गरिएको संवाद तथा पत्रकार सम्मेलनमा एमालेले सो कुरा जनाएको हो ।
अरू प्रवास जाँदा किसुनजी नेपाली माटोबाटै लड्नुभयो : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ। आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउन शीर्ष नेताको छलफल
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।
पूरै कार्यकाल गठबन्धनको सरकार टिकाउनुपर्छ : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताउनुभएको छ।