एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ : सांसद पोखरेल
नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ ।
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुनेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट सुरु भएको हो ।
काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।
सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम
नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुँदै
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् ।
सबै जिल्लामा समाजवादी मोर्चा पुग्ने
चार दल सम्मिलित समाजवादी मोर्चा, नेपाल ७७ वटै जिल्लामा गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मोर्चाको बैठकले यसअघि नै गठन भएका ४७ जिल्लासहित बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय गरेको हो । मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छन् ।
अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टेरामोक्स खरिदमा अनियमितता भएको निष्कर्षसहित थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले अभियोजन (मुद्दा दायर) प्रक्रिया सम्पन्न गरी सोको जानकारी ३० दिनभित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
निर्वाचन अधिकृतमा चौध जनाको नाम प्रस्ताव
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त हुने निर्वाचन अधिकृतको नाम टुङ्ग्याएको छ । न्याय परिषद्को सिफारिसमा आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सञ्चार विधेयक पेस गर्ने निर्णय
कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या : मन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या भइरहेको बताउनु भएको छ।
दलित समुदायको अधिकारका लागि कञ्चनपुरमा दबाबमूलक अभियान
संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक-पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ ।
हाम्रो पर्यटकीय स्थललाई विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला
कुमाउका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
राष्ट्रिय सभा निर्वाचन : मनोनयन दर्ता गर्दा १८ वटा कागजात पेस गर्नुपर्ने
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेस गर्नुपर्ने जनाएको छ ।
श्रमको सम्मान गर्नु जरुरी छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकास अभियानलाई सार्थक बनाउन श्रमको सम्मान गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ।
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
जनताको अपेक्षा पूरा गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : सम्मानित नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेले बागलुङ नगरपालिका-४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आउनुभएका उहाँले उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।
राष्ट्रिय सभा निर्वाचन : कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले ६ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरु हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ ।
जलवायु क्षेत्रमा आएका विदेशी सहयोग नेपालले खर्च गर्न सकेन : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न नसकेको बताउनुभएको छ ।