शिक्षा क्षेत्रका जिम्मेवारीमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
कांग्रेस गुल्मीको अभियान सुरु
नेपाली कांग्रेस गुल्मीले वडा केन्द्रित अभियान सुरु गरेको छ । गत मङ्सिर ९ र १० गते सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट पारित तम्घास घोषणापत्र अनुसार 'गुल्मी कांग्रेसको अठोट, सबल वडा, सक्षम टोल' अभियान अन्तर्गत रहेर वडा केन्द्रित अभियान सुरु गरेको हो ।
शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका
जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो ।
मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती
मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको थियो ।
नेपालमै उद्योग व्यवसाय बढाऔँ : अर्थमन्त्री डा.महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधै खुला रहेको बताउनुभएको छ ।
बालकुमारी घटना : मृतक परिवार र सरकारबिच सहमति
बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ ।
दलले जनतालाई निरासा बाँड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा निरासा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
पूर्वाधार विकास समितिले विद्युत व्यापारबारे मन्त्रीसँग जवाफ लिने
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल-भारतबीचको विद्युत व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सभापति देउवा
नेपाली कांग्रेसका सभापति सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।
मेलम्चीको पानी छिटो देऊ : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँ बासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा छिटो वितरण गर्न माग गर्दै खनालले लिमिटेडलाई ज्ञापन पत्र समेत बुझाउनु भएको छ ।
म कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैनः अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।
मन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ ।
बालकुमारीमा अवरोधकाे सूचना सुरक्षा निकायले दिएन : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ ।
मेलमिलाप नीति ‘लोकतन्त्र र जनता’ मा केन्द्रित : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जननायक बीपी कोइरालाले लोकतन्त्र र जनता केन्द्रमा राखेर मेलमिलाप नीति लिनुभएको बताउनुभएको छ ।
श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
मृतकका परिवारलाई थप आर्थिक सहायता दिँदैछौंः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
बालकुमारी घटनालाई सामान्य रुपमा लिनु हुँदैन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।
माइतीघरबाट सिके राउत पक्राउ
नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन हुनुभएको छ । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहनुभएका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो ।
बालकुमारी घटनाका दोषी जो कोहीलाई कारबाही हुने
ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताउनुभएको छ ।
बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखियो : नेत्री सुब्बा
प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन नसकिएको प्रतिक्रिया दिनुभएको छ ।
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै
पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो ।