रोकिएका कानुनको आउने अधिवेशनबाट टुङ्गो लाग्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीलगायत रोकिएका ऐन, कानुन, नीतिहरुको विषय टुङ्गो लाग्ने बताउनुभएको छ ।
‘योग र ध्यानको अभ्यासबाट सुशासनको अभियान सार्थक’
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभएको छ ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्यो
नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
सर्लाही घटना: भोली बिहान ८ बजेसम्म निषेधाज्ञा
सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन् : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताउनुभएको छ । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैँ भाग्न सक्दैन ।
राष्ट्रिय सभा निर्वाचन: गण्डकीमा दुई सय ३० मतदाता
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न दुई दिन बाँकी छ । शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । गण्डकीमा दुई सय तीस मतदाता छन् ।
बरहथवा घटना: मृतक युवकको शव अझै घटनास्थलमा
सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।
राष्ट्रिय सभा निर्वाचन : एमालेले सबै सिटमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
राष्ट्रिय सभा निर्वाचन : हेटौँडामा ३३७ मतदाता कायम
हेटौँडामा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने क्रममा आज शुक्रबार यहाँ सर्वदलीय बैठक बसेको छ ।
उपकुलपति नियुक्तिका विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ ।
विकासको एजेण्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का
उप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
भारतीय विदेशमन्त्री स्वदेश फिर्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।
नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था छैन : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
'कर्णाली बनाउने कुरामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ'
नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
गाउँ रित्तिने क्रम बढेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।
नदीलाई विकासका लागि अगाडि बढाउनु पर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताउनुभएको छ । केशलिया–बूढीखोला कोरिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विनाश मात्र नभई विकास गर्ने बताउनुभयो ।
मन्त्रीद्वारा नेपालगन्ज नाका र भन्सार अनुगमन
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गर्नुभएको छ ।
राष्ट्रपति पौडेल गृह जिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ आउनुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।
राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ ।
संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल प्रारम्भ
राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।
बिस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सांसदकाे भूमिका गौण भयो, शीर्ष नेता हाबी भए : सांसद श्यामकुमार घिमिरे
गत एक वर्षमा संसद् प्रभावकारी हुन सकेन जहाँ जम्मा एउटा विधेयक पारित भएको छ । तुरुन्त पारित नगरी नहुने सङ्घीय निजामती सेवा र शिक्षा विधेयकजस्ता दर्जनौँ विधेयक राजनीतिक सहमतिको अभावमा संसद्मा विचाराधीन छन् ।
राष्ट्रियहित प्रतिकूल सम्झौता गर्ने कल्पना पनि गर्न सक्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताउनुभएको छ।