• १३ साउन २०८१, आइतबार

‘कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन’

blog

शुक्रबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, फागुन १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले जनताका समस्याको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको हो ।

उहाँले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठे पनि सरकारले नसुनेको बताउनुभयो । उहाँले संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले सरकार र राजनीतिक दलको काम के हो ? भनी प्रश्न गर्नुभयो । सरकारले समसामयिक विषयहरुको सबैको जवाफ दिनुपर्ने बताउनुभयो ।