राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।
लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताउनुभएको छ । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताउनुभएको हो ।
हवाई प्रतिबन्ध खुल्ला गर्न पहल गरिदिनुस् : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबिच आज(सोमबार) भेटवार्ता भएको छ ।
एकजुट भई गठबन्धनका उम्मेदवार जिताऔँ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ ।
गण्डकीमा चार दलका आठ उम्मेदवार
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । सोमबार निर्वाचित अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुभएको हो ।
नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्नेबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्नेगरि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्नुभएको छ ।
मधेशमा पाँच जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौँ निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
बागमतीमा सत्ता गठबन्धनबाट चार जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशबाट सत्ता गठबन्धनमा रहेको तीन दलका चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । हेटौँडा ५ स्थित राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनका नेताहरूसहित पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेमकिपाद्वारा बागमतीमा चारजनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनको रिक्त हुने पदमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीबाट चार जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभामा कर्णालीबाट छ जनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
बक्यौता उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताउनुभएको छ ।
मधेशमा एमालेबाट उषादेवीको उम्मेदवारी
मधेश प्रदेशमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको ।
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
कोशीमा गठबन्धन र एमालेसमेत चारजनाको उम्मेदवारी
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदैछ ।
राससबाट अवधी भाषामा समाचार सेवा प्रारम्भ
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो ।
जसपाको केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
एमालेद्वारा हेटौँडाका चार क्षेत्रमा उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निवार्चनमा नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारि दर्ता गराएको हो ।
राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार
बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
जनताको अवस्था परिवर्तन गर्न प्रमुख शक्ति एकढिक्का हुनुपर्छ : सांसद प्रतिक्षा तिवारी
जनप्रतिनिधिका हैसियतमा जनअपेक्षाअनुरुप कानुन तथा विकास निर्माणमा केही गर्छु भन्ने उत्साह र विश्वास लिएर आएको थिएँ, गत एक वर्षको संसदीय अभ्यासमा न त्यो उत्साह कायम रह्यो, न जनचाहना पूरा गर्न सकेँ ।