सत्य निरूपण विधेयक एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्नुस् : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
सत्य निरूपण विधेयक संसदमा पेस गर्नुपर्छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।
जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी
रोल्पा घर भएका कुमार दसौदी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै छ । त्यसैले उहाँ यसबिचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ ।
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।
वीरको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
रास्वपाका सभापति र चिनियाँ राजदूतबिच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशसभा : कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो ।
नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल
नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत
विकास निर्माण जनताको आवश्यकता अनुसार गर्छौंः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधवार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले आपत् विपद् र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैँ तयार रहेको बताउनु भयो ।
डिडिसीका महाप्रबन्धकलाई मन्त्रालय झिकाइयो
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय झिकाएको छ ।
सहकारीको समस्या समाधानको प्रयास
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्याहरू समाधान गर्ने हेतुले सम्बद्ध निकायहरूको बैठक गर्नुभएको छ ।
सुरक्षा नीतिमा सबै निकायले स्वामित्व लिनु आवश्यक छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीतिमा सरकारका सबै निकायले स्वामित्व र अपनत्व लिनु आवश्यक रहेको बताउनुभएको छ ।
माघ ५ गते प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।
एकवर्षे कार्यकाल उपलब्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो एकवर्षे कार्यकाल कामका दृष्टिले उपलव्धिमूलक रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनको असर कम गर्न सार्कलाई क्रियाशील बनाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ।
विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझाव
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार विद्यालय कर्मचारीलाई सङ्घीय सरकारका दरबन्दीमा राखी सङ्घीय सरकारबाट सेवा सुविधा दिन माग गरेको छ ।
जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
टेलिकम सेवाको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रदेश सभाका चार समितिका सभापतिद्वारा शपथग्रहण
सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
सन्धि सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन
संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
‘पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ ।
भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई आपत्ति छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ ।
भारतले २० करोड खर्च गर्न पाउने सम्झौतामा तनाव लिनुपर्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
स्विस महासङ्घका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।