राष्ट्रिय सभा निर्वाचन : माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ। चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताउनुभयो।
मानिस र जनावर बिचको द्वन्द्व समुदाय र सरकार मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव–जनावरबिचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताउनुभएको छ।
औषधी उत्पादनको काम तत्काल सुरु गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।
उम्मेदवारको निर्वाचन खर्चको हद तोकियो
निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।
नेपाल–भारत अन्तर-सरकारी समितिको बैठक सम्पन्न
अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौँमा सम्पन्न भएको छ । पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो ।
गठबन्धनका साझा उम्मेदवार जिताउन शीर्ष नेताको अपील
राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई मतदान गर्न सत्तारुद्ध गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त रुपमा अपील गर्नुभएको छ।
आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : चन्द्रबहादुर विश्वकर्मा
प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसदमा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा म छैन ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ।
आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ।
माओवादीको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो।
'सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समय सम्पन्न गर्नुपर्छ'
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।
काठमाडौँको सेतो पहरामा निजी गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
हस्तकला नीतिलाई पूर्णता दिने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
सञ्चारमन्त्रीद्वारा घाइतेको प्रभावकारी उपचारका लागि निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : कांग्रेस नेत्री लिम्बु
संसदमा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो ।
जनताको माग अनुसार रेलमार्गको विकल्प खोज्न सरकार तयार छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्व पश्चिम विद्युतीय रेलमार्गको रेखाङ्कनका क्रममा सर्वसाधारण जनताले उठाएका समस्याको सम्बोधन हुने बताउनुभएको छ ।
नेकपा एमाले गुल्मीको २०८० प्रशिक्षण वर्ष
नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषण गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला, सबैपालिका र सम्पर्क मञ्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडा स्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रूपमा घोषण गरिएको जिल्ला सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।
दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले शुक्रबार राति दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
विधान मस्यौदाबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल
परराष्ट्र सचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ ।