सकारात्मक सोचका साथ एकजुट भएर लागौँ, देश बन्छ : नेत्री कोइराला
काठमाडौँ, फागुन २७ गते । चुनावमा कुनै दल विशेषको स्पष्ट बहुमत नआउँदा राजनीति र सरकारले स्थायित्व पाउन सक्दैन भन्ने देखिइसक्यो । सबैलाई थाहा भएकै विषय हो, एउटा दलको बहुमत नभएपछि सरकार फेरिइरहने घटना भइरहन्छन् । यसलाई सहजरूपले हेर्नुपर्छ । वर्तमान सरकार सुरुमा नेकपा (एमाले)लगायतको सहयोगमा बन्यो त्यसपछि फेरि कांग्रेसको समर्थन भयो । अहिले फेरि एमालेको समर्थन प्राप्त छ ।पहिलोपटक सदनमा प्रवेश गरेकाले सोचेको भन्दा भिन्न महसुस भइरहेको छ । विधायकको मुख्य जिम्मेवारी र भूमिका कानुन निर्माण भए पनि जनताका आवश्यकता सम्बोधन तथा देशको समृद्धिका विषयमा पनि सोच्ने र ध्यान पुर्याउनपर्ने दायित्व हामीमा छ । मेरो बुझाइमा राज्य र जनताका लागि केही गर्छु भन्नेहरुका लागि संसद् महत्त्वपूर्ण ठाउँ रहेछ । त्यसैले यति महत्त्वपूर्ण ठाउँलाई जनताको पक्षमा भरपुर सदुपयोग गर्नुपर्छ भन्नेमा म दृढ छु । तर संविधानप्रदत्त सेवासुविधा जनतालाई सहज र सुलभरूपमा उपलब्ध गराउनुपर्नेमा त्यसमा कमीकमजोरी भयो भन्ने लाग्छ । कानुन निर्माणलाई हामीले तीव्रता दिन सक्नुपर्छ । सुरुआती दिनमा राजनीतिक तालमेल, सरकार र समिति गठनमै धेरै समय खर्चनु परेकाले कानुन निर्माणमा आशातित प्रगति हुन सकेन ।विधायकहरू पार्टीका काम विशेषबाहेक सदन र संसदीय समितिका बैठकमा निरन्तर उपस्थित हुनुपर्छ । तर सांसदको पनि भूगोल, जिल्ला, निर्वाचन क्षेत्र हुने भएकाले कहिलेकाहीँ जिल्ला जानुपर्ने बाध्यताले बैठकमा उपस्थित हुन नसकेको अवस्थालाई अन्य ढङ्गबाट बुझिदिन हुन्न । सबै ‘माननीय’लाई एउटै आँखाबाट हेर्न हुन्न । तथापि जनताले विकास निर्माणका विषयमा सङ्घीय सांसदसँग निकै ठूलो आशा र अपेक्षा राखेका हुन्छन् ।देशको परिस्थिति र समाजको स्थितिका आधारमा सांसदहरु विकास निर्माणमा सहभागी हुने वा नहुने भन्ने निर्धारण गर्छ । चुनावका बेला भोट माग्न जाँदा जनतासँग कबुल गरेका विषय सम्बोधन गर्नैपर्छ । जिल्ला जाँदा मतदाताले धारा छैन, कुलो भत्केको छ, विद्यालय भवन चर्केको छ, खानेपानी समस्या भो भन्नुहुन्छ । जनताका ती अपेक्षाको सम्बोधनका लागि जनप्रतिनिधिले हरसम्भव प्रयास गरिदिनुपर्छ । राजनीतिक दलहरूले पनि सांसदले विकास निर्माणका काम गर्ने होइन, कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भनेर जनतालाई बुझाउन सकेका छैनन् ।मैले प्रतिनिधित्व गर्ने पर्साका जनताको मुख्य माग सडक कालोपत्र, नाला व्यवस्थापन, खानेपानी आपूर्ति, विद्यालय भवन पुनःनिर्माण इत्यादि छन् । यी देशैभरको प्राथमिकतामा पर्ने विषय हुन् । हामीले जनतालाई सांसद भनेको विकास ल्याउने हो भनेर सिकाइदिएका छौँ, त्यो बुझाइ भएपछि जनताले माग तेर्स्याउनु अस्वाभाविक होइन । जनता कानुनभन्दा विकासका योजनाकै कुरा बढी गर्नुहुन्छ ।सदनमा महिला भएकै कारण बोल्ने र विषयवस्तु राख्ने सवालमा नेकपा एमालेले अवसरबाट वञ्चित गराएको छैन । बरु धारणा राख्न प्रोत्साहन नै गरेको अनुभूति मलाई भएको छ । मुुलुकमा राजनीतिक परिवर्तनका बखत होस् वा सरकार फेरबदलका क्रममा भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनको विषयलाई राजनीतिक दलले मूल एजेण्डा बनाएका छन् । हामी पनि यो विषयमा अलमलमा परेका छौँ । किन यस्तो भयो, कसरी भयो भन्ने लाग्छ ।प्रमुख कारण भनेको स्थायी सरकार नभएर नै हुनुपर्छ । कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म भ्रष्टाचार फैलिएको छ भन्ने जनताको बुझाइ छ । सबै विषय जनताले भनेजस्तो नभए पनि कतिपय अवस्थामा यो प्रमाणित भएको छ । भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दल र सरकार एक ठाउँमा हुनुपर्छ । प्रतिबद्धता गर्नुपर्छ । प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन हुनुपर्छ । त्यो भएमा भ्रष्टाचार न्यूनीकरण हुन्छ भन्नेमा आशा गर्न सकिन्छ ।भ्रष्टाचार बढाउन हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली पनि केही हदसम्म दोषी छ । निर्वाचनमा यति पैसा खर्च गर्नुपर्छ भनी कहीँकतै लेखिएको छैन । हामी राजनीतिक दल र उम्मेदवारबाटै चुनावलाई धमिल्याउने र धेरै खर्च गर्ने काम गरिरहेका छौँ । यसमा सुधार गरिनुपर्छ । हामीले राजनीतिक परिवर्तन गरे पनि समाज परिवर्तन गर्न सकेका छैनौँ । समाजलाई आर्थिकरूपले सम्पन्न गर्न सकिएको छैन । राजनीतिक दल र नेतृत्वप्रति जनताले ठूलो अपेक्षा राखेका थिए । परिवर्तनको उपलब्धिको महसुस जनतालाई दिन सकिएन ।नेपाली समाजमा पनि आशाभन्दा निराशाको लहर ठूलो छ । नेतृत्वबाट पनि निराशाकै कुरा बढी सुनिन्छ । जनतालाई हाम्रो देश हामी आफैँ बनाउनुपर्छ, बनाउन सकिन्छ भन्ने आशा र ढाडस दिलाउने सन्देश दिनुपर्छ । राजनीतिक परिवर्तन भइसकेकाले अब हाम्रो मिसन समाज परिवर्तनका लागि हुनुपर्छ । समाजमा भएका अन्याय, विभेद, धनी र गरिबबीचको खाडल अन्त्यमा केन्द्रित हुनुपर्छ । त्यसका लागि केही समय लाग्न सक्छ, प्रयास जारी राख्नुपर्छ । प्राकृतिक हिसाबले हामी निकै धनी देश हौँ । निराशा छर्ने होइन, आशाको सन्देश प्रवाह गरेर देश बनाउनुपर्छ । त्यसका लागि दल, नेता र जनता एकाकार हुनुपर्छ । हरेक क्षेत्रमा देखिएका निराशा अन्त्य गर्नुपर्छ । मिडियाको प्रयोग पनि सकारात्मक कामका लागि हुनुपर्छ । युवा विद्यार्थीलाई आशा जगाएर विदेश पलायनबाट रोक्नपर्छ । म ढुक्क भएर भन्छु हाम्रो देश बन्छ । हामी बनाउँछौँ । अरुले बनाइदिने होइन, आफैँले बनाउनुपर्छ । प्राकृतिकरूपले बनिबनाउ नेपालाई समृद्धि प्रदान गर्न हामीले केही मेहनत गर्नुपर्छ । हामी आ–आफ्नो ठाउँबाट लागौँ । ढुक्क हुनुस् देश बन्छ ।सांसद कोइरालाको परिचयअखिल नेपाल महिला सङ्घ सिन्धुली जिल्ला सदस्यबाट राजनीतिमा प्रवेश गर्नुभएकी सांसद कोइराला पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१५ को स्थायी बासिन्दा हुनुहुन्छ । नेकपा एमाले वीरगञ्ज–१५ वडा कमिटी सचिव, नगर कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद्, आमन्त्रित केन्द्रीय समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएकी नेत्री कोइराला करिब साढे तीन दशकदेखि नेकपा(एमाले)को सक्रिय राजनीतिमा सहभागी हुनुहुन्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उहाँ केही समय थुनामा समेत रहनुभयो ।(सांसदसँग रासस संवादमा सांसद निर्मला कोइरालासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।) रासस
एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
दुई मन्त्रीको शपथग्रहण आजै
जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा सुरु हुनेछ ।
राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार टुङ्ग्याउन माओवादी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
विश्वासको मत लिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा विश्वासको मत र राष्ट्रिय सभाको अध्यक्षमा उक्त दलका तर्फबाट उम्मेदवारीबारे छलफल पनि भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ भने मङ्गलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने कार्यतालिका छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनयन
नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
सन्त नेता किसुनजीको जीवनीबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनीबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ।
नेपाल संकटको भूमरीबाट गुज्रदैछ : उपाध्यक्ष बादल
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘यो सरकार दृढ भएर अघि बढ्न सकोस्’
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरणको सरकारलाई सफलताको शुभकामना दिनुभएको छ । शनिबार विज्ञप्ति जारी गर्नुहुँदै उहाँले शुभकामना दिनुभएको हो ।
एमाले अनुशासन आयोगको प्रशिक्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय अनुशासन आयोगले उपत्यका विशेष प्रदेश कमिटी र बागमती प्रदेश कमिटीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सबै प्रदेश कमिटीका लागि अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने आयोगको निर्णय बमोजिम दुई प्रदेश कमिटीका प्रशिक्षण सम्पन्न भएको हो ।
समाजवादी शक्ति निर्माणमा जुटौँ
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताउनुभयो ।
महिला सशक्तीकरणमा एमाले अग्रणी छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताउनुभएको छ ।
नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौँ
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो ।
मन्त्रीको शपथ लिएपछि नागरिक उन्मुक्ति पार्टीमा किचलो
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको बेला नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ ।
‘रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
‘वैचारिक मतभेदले कांग्रेससँग सहकार्य टुट्यो’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक तथा वैचारिक मतभेदका कारण नेपाली कांग्रेससँगको सहकार्य टुटेको बताउनुभएको छ । पछिल्लो राजनीतिक समीकरण भएपछि राजनीतिक वृत्तमा देखिएका विविध पक्षबारे राष्ट्रिय समाचार समिति (रासस) ले गरेको सङ्क्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
सङ्घीयताका समस्या समाधान हुँदै
सरकारले अन्तरतह समन्वय र सहजीकरण गरी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्ने कार्यलाई तीव्रता दिन थालेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता सोमबार
राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भन्नुभयो, “दलका नेता तथा
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।